नियम ९
परीक्षण समितिको बैठक सम्बन्धी कार्यविधि
(१) परीक्षण समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
(२) परीक्षण समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा परीक्षण समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) परीक्षण समितिको बैठकको अध्यक्षता परीक्षण समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आपूm मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) परीक्षण समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(५) परीक्षण समितिको निर्णय परीक्षण समितिको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(६) परीक्षण समितिको बैठक सम्बन्धी अन्य कार्यविधि परीक्षण समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।